$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बलुवा नाकाबाट लाखौँ मूल्यका कपडा बरामद, मोटरसाइकलसहित एक जना पक्राउ

  पोखरिया, ९ भदौ/  पर्साको जिराभवानी गाउँपालिका–१ स्थित बलुवा सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको कपडा बरा...

 

पोखरिया, ९ भदौ/ पर्साको जिराभवानी गाउँपालिका–१ स्थित बलुवा सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको कपडा बरामद गरेको छ। कपडा ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसहित एक जनालाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सोमबार राति स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा बीओपी महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा परिचालित टोलीले बलुवा सीमाक्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा कपडासहित मोटरसाइकल र एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

बरामद कपडा, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

भारतको बिहारस्थित भाङ्गहा र नेपालको बलुवाबीच रहेको खुला सीमाको फाइदा उठाउँदै कपडालगायत विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ। सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

पछिल्लो घटनाले बलुवा नाकाबाट हुने अवैध कपडा तस्करी नियन्त्रणमा सुरक्षा निकायले सक्रियता बढाएको देखाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content