Menu

बलुवा नाकाबाट लाखौँ मूल्यका कपडा बरामद, मोटरसाइकलसहित एक जना पक्राउ

जनआवाज खबर |
August 25, 2026
Featured

 

पोखरिया, ९ भदौ/ पर्साको जिराभवानी गाउँपालिका–१ स्थित बलुवा सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको कपडा बरामद गरेको छ। कपडा ओसारपसारमा प्रयोग भएको मोटरसाइकलसहित एक जनालाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सोमबार राति स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा बीओपी महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक जयन्त केसीको नेतृत्वमा परिचालित टोलीले बलुवा सीमाक्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा कपडासहित मोटरसाइकल र एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

बरामद कपडा, मोटरसाइकल र नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

भारतको बिहारस्थित भाङ्गहा र नेपालको बलुवाबीच रहेको खुला सीमाको फाइदा उठाउँदै कपडालगायत विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ। सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

पछिल्लो घटनाले बलुवा नाकाबाट हुने अवैध कपडा तस्करी नियन्त्रणमा सुरक्षा निकायले सक्रियता बढाएको देखाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3