$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बाबाधाम जाँदै गरेको बस दुर्घटनामा रौतहटका तीन तीर्थयात्रीको मृत्यु, १२ घाइते

  अपडेट समाचार रौतहट २९ सउन/ भारतको झारखण्डस्थित प्रसिद्ध धार्मिकस्थल बाबाधामतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस शुक्रबार बिहान ट्र...

 

अपडेट समाचार रौतहट २९ सउन/ भारतको झारखण्डस्थित प्रसिद्ध धार्मिकस्थल बाबाधामतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस शुक्रबार बिहान ट्रकसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

झारखण्डको सतगावाँ क्षेत्रमा भएको दुर्घटनामा रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका ६० वर्षीय नवलकिशोर जयसवाल, उनकी श्रीमती सुन्दरबाला देवी र १२ वर्षीय शिवम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गरुडा–६ का वडाध्यक्ष रामबाबु चौधरीका अनुसार दुर्घटनाग्रस्त बसमा करिब ४५ जना नेपाली तीर्थयात्री सवार थिए। घाइतेमध्ये अधिकांश सोही वडाका बासिन्दा रहेको र उनीहरूको सतगावाँस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको खबर फैलिएसँगै मृतक तथा घाइतेका आफन्त घटनास्थलतर्फ लागेका छन्। तीन जनाको मृत्यु भएपछि गरुडा–६ को पोठियाही गाउँ शोकमा डुबेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले तीर्थयात्रीहरू पाँच दिनअघि बाबाधाम यात्राका लागि प्रस्थान गरेको जानकारी दिँदै बस सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएको बताए। उनका अनुसार मृतकको शव नेपाल ल्याउने तथा घाइतेको उपचारको उचित व्यवस्था मिलाउन झारखण्डस्थित प्रहरी संयन्त्रसँग समन्वय भइरहेको छ।

घटनाको अवस्था र आवश्यक समन्वयका आधारमा नेपाल प्रहरीको टोलीसमेत घटनास्थल पठाउने तयारी भइरहेको रिजालले बताए।

स्थानीयवासीले मृतकको शव शीघ्र नेपाल ल्याउन तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। पछिल्ला वर्षहरूमा रौतहटबाट पहेँलो वस्त्र धारण गरी ‘बोलबम’ भन्दै भारतको बाबाधाममा धार्मिक यात्रा गर्नेको संख्या बढ्दै गएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content