$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भन्सार नतिरी चलाइएका १२ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  वीरगन्ज, २भदौ/   भारतबाट भन्सार राजस्व नतिरी नेपाल ल्याएर नम्बर प्लेटबिनै सञ्चालन गरिएका इलेक्ट्रिक स्कुटर माथि प्रहरीले निगरानी र नियन्त्...

 

वीरगन्ज, २भदौ/  भारतबाट भन्सार राजस्व नतिरी नेपाल ल्याएर नम्बर प्लेटबिनै सञ्चालन गरिएका इलेक्ट्रिक स्कुटर माथि प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा नेपालभन्दा सस्तो मूल्यमा इलेक्ट्रिक स्कुटर पाइने र केही मोडल सञ्चालनका लागि सवारी चालक अनुमतिपत्र आवश्यक नपर्ने भएकाले वीरगन्ज तथा आसपासका स्थानीयले त्यस्ता स्कुटर खरिद गरी नेपालमा प्रयोग गर्दै आएका छन् । तर, भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका स्कुटरको प्रयोग बढ्दै गएपछि प्रहरीले गत वैशाखदेखि नै नियन्त्रण अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

अभियानकै क्रममा मंगलबार वीरगन्जका विभिन्न सडक तथा क्षेत्रमा चेकजाँच गर्ने क्रममा नम्बर प्लेट नभएका १२ थान इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका स्कुटरको कुल मूल्य ९ लाख ६० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । बरामद स्कुटरलाई आवश्यक कानुनी कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

प्रहरीले भन्सार राजस्व नतिरी तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी भारतीय बजारबाट ल्याइएका यस्ता सवारी साधनमाथिको निगरानी आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content