Menu

भन्सार नतिरी चलाइएका १२ इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

जनआवाज खबर |
August 18, 2026
Featured

 

वीरगन्ज, २भदौ/  भारतबाट भन्सार राजस्व नतिरी नेपाल ल्याएर नम्बर प्लेटबिनै सञ्चालन गरिएका इलेक्ट्रिक स्कुटर माथि प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई तीव्रता दिएको छ ।

सीमावर्ती भारतीय बजार रक्सौलमा नेपालभन्दा सस्तो मूल्यमा इलेक्ट्रिक स्कुटर पाइने र केही मोडल सञ्चालनका लागि सवारी चालक अनुमतिपत्र आवश्यक नपर्ने भएकाले वीरगन्ज तथा आसपासका स्थानीयले त्यस्ता स्कुटर खरिद गरी नेपालमा प्रयोग गर्दै आएका छन् । तर, भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका स्कुटरको प्रयोग बढ्दै गएपछि प्रहरीले गत वैशाखदेखि नै नियन्त्रण अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

अभियानकै क्रममा मंगलबार वीरगन्जका विभिन्न सडक तथा क्षेत्रमा चेकजाँच गर्ने क्रममा नम्बर प्लेट नभएका १२ थान इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका स्कुटरको कुल मूल्य ९ लाख ६० हजार रुपैयाँ मूल्यांकन गरिएको छ । बरामद स्कुटरलाई आवश्यक कानुनी कारबाहीका लागि मंगलबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

प्रहरीले भन्सार राजस्व नतिरी तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी भारतीय बजारबाट ल्याइएका यस्ता सवारी साधनमाथिको निगरानी आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3