पोखरिया १३ भदौ/पर्साको धोबीनी गाउँपालिका–४, लंगडी चौकमा भएको रक्तदान कार्यक्रममा ३ जना महिलासहित ८८ जनाले रक्तदान गरेका छन् ।
ह्युमन लभ च्यारिटी फण्डको आयोजनामा भएको कार्यक्रममा चित्रञ्जना पटेल, हिना बेगम र रेन्जु पटेल, राममुर्ती साह कानु, निरज पटेल, लोकनाथ पटेल, रामानन्द ठाकुर, सुल्तान मियाँ, रामबाबु पटेल, परशुराम पटेल, राजन गुप्ता, रोशन चौरसिया, उमेश साह कानु, अमन पटेल, प्रशान्त गुप्ता, अलियास मियाँलगायतले रक्तदान गरेका थिए।
ह्युमन लभ च्यारिटी फण्डका अध्यक्ष डा. इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धोबीनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान , वडा अध्यक्ष अबास मियाँ, मनाउर अहमद र कार्यपालिका सदस्य दिनेश कलवार नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरुले
रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताउँदै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रक्तदान गर्न आग्रह गरे। रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिए। साथै समाजमा रक्तदान सम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले कार्यक्रममा रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो।

COMMENTS