Menu

भिस्वाबाट ५ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

जनआवाज खबर |
August 23, 2026
Featured

 

भिस्वा,७ भदौ / पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बेतिया थाना निवासी ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोस्ट बन्जारी भिस्वाबाट चेकपोस्ट भिस्वामा प्रहरी सहायक निरीक्षक बैजनाथ चौधरीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एस ६९५३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार मोटरसाइकलको ट्यांकी र सिटमुनि लुकाएर राखिएको अवस्थामा ५ किलो गाँजा फेला परेको थियो।गाँजासहित मोटरसाइकल र त्यसमा सवार दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3