$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भिस्वाबाट ५ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  भिस्वा,७ भदौ / पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्र...

 

भिस्वा,७ भदौ / पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बेतिया थाना निवासी ५० वर्षीय दिनेश महतो र ५२ वर्षीय छोटेलाल महतो रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोस्ट बन्जारी भिस्वाबाट चेकपोस्ट भिस्वामा प्रहरी सहायक निरीक्षक बैजनाथ चौधरीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एस ६९५३ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार मोटरसाइकलको ट्यांकी र सिटमुनि लुकाएर राखिएको अवस्थामा ५ किलो गाँजा फेला परेको थियो।गाँजासहित मोटरसाइकल र त्यसमा सवार दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content