$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

बडनिहार प्रहरी चौकी अगाडिबाटै ६ थान सालको गोलियासहित साइकल बरामद

  बलिराम शुक्ला , बिरुवागुठि १३ / पर्साको राष्ट्रिय वन क्षेत्रबाट सालको रुख कटान गरी ल्याउँदै गरेको अवस्थामा बडनिहार प्रहरी चौकी अगाडिबाटै व...

 

बलिराम शुक्ला , बिरुवागुठि १३ / पर्साको राष्ट्रिय वन क्षेत्रबाट सालको रुख कटान गरी ल्याउँदै गरेको अवस्थामा बडनिहार प्रहरी चौकी अगाडिबाटै वन गस्ती टोलीले ६ थान सालको गोलियासहित ६ थान साइकल बरामद गरेको छ।

सब डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तामाङको कमान्डमा खटिएको वन गस्ती टोली र विन्दवासिनी कोइलाभार साझेदारी वनको संयुक्त गस्ती टोलीले बिहीबार राति काठ तथा साइकल बरामद गरेको हो।

वन गस्ती टोलीलाई देखेपछि काठ तस्करहरूले काठ र साइकल छाडेर फरार भएका थिए। बरामद गरिएको काठ र साइकल आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ।

तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सब डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत मुबारक अली गद्दीले जानकारी दिनुभयो।

यता, बडनिहार प्रहरी चौकी अगाडिबाटै रातको समयमा काठ तस्करी भइरहेको अवस्थामा वन गस्ती टोलीले काठ बरामद गर्नुले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ। प्रहरी चौकी अगाडिबाटै तस्करी हुँदा पनि प्रहरी बेखबर वा मूकदर्शक बन्नु शंकास्पद देखिएको स्थानीयको भनाइ छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content