Menu

बडनिहार प्रहरी चौकी अगाडिबाटै ६ थान सालको गोलियासहित साइकल बरामद

जनआवाज खबर |
August 29, 2026
Featured

 

बलिराम शुक्ला , बिरुवागुठि १३ / पर्साको राष्ट्रिय वन क्षेत्रबाट सालको रुख कटान गरी ल्याउँदै गरेको अवस्थामा बडनिहार प्रहरी चौकी अगाडिबाटै वन गस्ती टोलीले ६ थान सालको गोलियासहित ६ थान साइकल बरामद गरेको छ।

सब डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तामाङको कमान्डमा खटिएको वन गस्ती टोली र विन्दवासिनी कोइलाभार साझेदारी वनको संयुक्त गस्ती टोलीले बिहीबार राति काठ तथा साइकल बरामद गरेको हो।

वन गस्ती टोलीलाई देखेपछि काठ तस्करहरूले काठ र साइकल छाडेर फरार भएका थिए। बरामद गरिएको काठ र साइकल आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ।

तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सब डिभिजन वन कार्यालय बडनिहारका वन अधिकृत मुबारक अली गद्दीले जानकारी दिनुभयो।

यता, बडनिहार प्रहरी चौकी अगाडिबाटै रातको समयमा काठ तस्करी भइरहेको अवस्थामा वन गस्ती टोलीले काठ बरामद गर्नुले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठेको छ। प्रहरी चौकी अगाडिबाटै तस्करी हुँदा पनि प्रहरी बेखबर वा मूकदर्शक बन्नु शंकास्पद देखिएको स्थानीयको भनाइ छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3