काठमाडौं ११ भदौ / रसुवागढी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ...
काठमाडौं ११ भदौ / रसुवागढी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार कोषमा सबैभन्दा बढी गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। यस्तै, कुमारी बैंकले ३ करोड तथा एनसेलले १ करोड रुपैयाँ प्रदान गरेका छन्।
बाढीबाट रसुवागढीसहित विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन सरकारले आह्वान गरेको हो। कोषमा विभिन्न संघसंस्था, निजी क्षेत्र तथा व्यक्तिहरूबाट समेत सहयोग आउने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

COMMENTS