$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढि र पोखरियाकाे टावर लाईटकाे लाईन काटिदा ,बजार चौक अन्धकार

  बलिराम शुक्ला, ९ बिरुवागुठी/ पर्सागढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जडान गरिएका टावर लाइटको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरण सिम...

 

बलिराम शुक्ला, ९ बिरुवागुठी/ पर्सागढी नगरपालिकाका विभिन्न वडा क्षेत्रमा जडान गरिएका टावर लाइटको विद्युत् लाइन नेपाल विद्युत् प्राधिकरण सिमराले काटिदिएपछि नगरपालिकाका मुख्य चोक तथा बजार क्षेत्र अन्धकारमा परेका छन् ।

नगरपालिकाको वडा नं ३ अन्तर्गत पर्ने बडनिहार चोक र पारस पटेल चोक तथा वडा नं १ को मनवा बजारमा जडान गरिएका टावर लाइटको विद्युत् लाइन काटिएको हो । स्थानीयका अनुसार मनवा बजार र पारस पटेल चोकको टावर लाइटको लाइन काटिएको महीनौं भइसकेको छ भने बडनिहार चोकको लाइन करीब एक साता अघि मात्र काटिएको हो । मुख्य बजार तथा चोकको विद्युत् लाइन लामो समयदेखि काटिए पनि टावर लाइट पुनः सञ्चालनका लागि स्थानीय सरकारले हालसम्म प्रभावकारी पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँझ तथा रातको समयमा बजार क्षेत्र अन्धकार हुँदा स्थानीयवासी, पैदलयात्री तथा व्यापारीलाई आवतजावतमा समस्या भएको छ 

पर्सागढी नगरपालिका–३ का स्थानीय सुशील पौडेलका अनुसार टावर लाइटमा जडान गरिएका मिटरको विद्युत् महसूल सम्बन्धित वडा तथा नगरपालिकाले वर्षौंदेखि भुक्तानी नगरेका कारण नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको हो । उनका अनुसार विद्युत् महसूलबापत लाखौं बक्यौता रहेकोले प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको हो । टावर लाइट बन्द हुँदा मुख्य चोक तथा बजार क्षेत्रको सुरक्षा र रात्रि व्यापारिक गतिविधिमा समेत असर परेको स्थानीयको भनाइ छ । स्थानीयवासीले नगरपालिकाले तत्काल बक्यौता विद्युत् महसूल भुक्तानी गरी टावर लाइट पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् । उनीहरूले बजार तथा चोकजस्ता सार्वजनिक स्थानमा रातको समयमा पर्याप्त प्रकाशको व्यवस्था गर्न स्थानीय सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । यसैगरी ओखरिया नगरपालिकाको वार्ड नम्बर ४ बस स्टेनमा रहेको टावरलाई बिग्रेको कारण चोक नै अन्धकार भएको छ। टावरलाइटमा खराबी आएर विगत एक दुई महिनादेखि बन्द रहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content