बिरुवागुठि ४ भदौ/ पर्साको पर्सागढी नगरपालिका–२ स्थित बागबाना खाजा घरमा गएराति चोरी भएको छ। रातको समयमा खाजा घरको ढोका खोलेर चोरहरूले नगद ...
बिरुवागुठि ४ भदौ/ पर्साको पर्सागढी नगरपालिका–२ स्थित बागबाना खाजा घरमा गएराति चोरी भएको छ।
रातको समयमा खाजा घरको ढोका खोलेर चोरहरूले नगद राखिएको काउन्टर खोजतलास गरेका थिए। तर त्यहाँ कुनै सामान नभेटिएपछि पसलमा रहेका १५ थान कुर्सी चोरी गरी लगेको होटल सञ्चालिका राधादेवी थरुनीले बताइन्।
स्थानीय समाजसेवी युवा सन्तोष चौधरीका अनुसार पछिल्लो समय गाउँघरमा चोरीका घटना बढ्दै गएका छन्। गाउँघरमा लागूऔषध सेवनकर्ता बढेसँगै चोरीका घटना पनि बढेको स्थानीयको गुनासो रहेको उनले बताए।
चोरिको घटना बारे मनवा चौकीले अनुसंधान गरिरहेकाे प्रहरीले बताएको छ ।

COMMENTS