बलिराम शुक्ला , बिरुवागुठि /पर्साको जिराभवानी गाउँपालिका –४ भवानीपुर स्थित महतिनियामाई मन्दिर वरपरको सार्वजनिक जग्गा संरक्षणको माग गर्दै स्थानीयले जुलुससहित इलाका प्रशासन कार्यालय सुपौलीमा ज्ञापनपत्र बुझाएका छन्।
जुगुल चौधरीको नेतृत्वमा प्लेकार्डसहित निस्किएको जुलुसले नाराबाजी गर्दै इलाका प्रशासन कार्यालय सुपौलीका प्रमुख विनयकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा महातिनिया माई मन्दिरसहित करिब ४ बिगा ऐलानी सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व गाउँपालिकाको रहेको उल्लेख गर्दै संरक्षित क्षेत्रमा लगाइएको तारजाली हटाउने वा क्षति पुर्याउने कार्यप्रति भर्त्सना गरिएको छ। तारजाली हटाइए तत्काल पुनः जाली लगाई संरक्षण गर्नुपर्ने र अतिक्रमण गर्न खोज्ने व्यक्तिमाथि कारबाही गर्न माग गरिएको छ।
साथै पुर्वमन्त्री रमेश रिजाल र मधेस प्रदेशका वनमन्त्री शंकर चौधरीले बिना आधार संरक्षित क्षेत्रको तारजाली हटाउन लगाएको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल रोक्न तथा गाउँपालिकाको क्षेत्राधिकारमा हुने हस्तक्षेप बन्द गर्न माग गरिएको छ।
उनीहरूले पुर्ब सान्सद जयप्रकाश थारु र उनका छोरा कुनाल महतोले केही महिला र ब्यक्तिहरुलाई कुटपिट गरेकाे आरोप लगायको प्रती उक्त आरोप निराधार रहेको र चरित्र हत्या गर्ने प्रयास गरेकाे भन्दै ज्ञापन पत्र मार्फत बिरोध तथा भत्सर्ना गरिएको छ । सहभागी उर्मिला चौधरीले सार्वजनिक जग्गा र मन्दिर क्षेत्रको संरक्षणका लागि आफूहरू एकजुट भएको बताइन्। सार्बजनिक जग्गा सम्बन्धमा केही दिन अगाडि दुई तर्फ बाट बिबाद हुन्दा झडप समेत भएको थियोे ।


COMMENTS