$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढीमा नव निर्मित गुम्बा भवनमा चर्कियो छत, पिल्लर र बिममा समेत क्षति

  बिरुवागुठि, २५ साउन/पर्सागढी नगरपालिका–३ स्थित आमोदेवी मन्दिर परिसरमा नव निर्मित गुम्बा भवनको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठेको छ। ...

 

बिरुवागुठि, २५ साउन/पर्सागढी नगरपालिका–३ स्थित आमोदेवी मन्दिर परिसरमा नव निर्मित गुम्बा भवनको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठेको छ। निर्माण सम्पन्न भएको छोटो समयमै भवनको छतको बीच भाग चर्किनुका साथै पिल्लर र बिमसमेत फुटेको स्थानीयले बताएका छन्।

मधेस प्रदेश सरकारबाट विनियोजित २० लाख बजेट पर्यटन विकास कार्यालय, पर्सामार्फत उपभोक्ता समिति गठन गरी गुम्बा भवन निर्माण गरिएको बताइएको छ। स्थानीयका अनुसार निर्माण कार्यमा गुणस्तरहीन सामग्री तथा कमजोर निर्माण प्रविधि प्रयोग गरिएको आरोप छ। उपभोक्ता समितीले कमिसनको कारण निर्माण कार्य ठेकदार मधुसूदन अधिकारी मार्फत काम गराइएको भन्दै त्यसको समेत छानबिन गर्न माग गरेका छन्।

भवनमा देखिएको क्षतिपछि स्थानीयवासीले निर्माण कार्यको खुलेर विरोध गर्दै सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी भवनको प्राविधिक परीक्षण गर्नुपर्ने माग गरेका छन्।

स्थानीयको आरोपअनुसार, उपभोक्ता समितिका अध्यक्ष दावा लामाले स्थानीयलाई पर्याप्त जानकारी नदिई निर्माण कार्य अघि बढाएको र निर्माणको गुणस्तरमाथि प्रश्न उठेपछि चर्किएको छत तथा फुटेका बिम र पिल्लरमा प्लास्टर गरी समस्या ढाकछोप गर्ने प्रयास गरिएको थियो। त्यस क्रममा स्थानीय र निर्माण पक्षबीच भनाभनसमेत भएको स्थानीय युवा प्रकाश पाख्रिनले बताए ।

 स्थानीयले सार्वजनिक बजेटबाट निर्माण भएको संरचनामा यति छिट्टै क्षति देखिनु पर्यटन बिकास कार्यालय पर्सा , उपभोक्ता समिती र उपभोक्ता समितीले गैरकानुनी ढङ्ग बाट ठेकदार लाई कमिसनको लोभमा निर्माण कार्य दिई कमसल काम गराउनु गम्भीर विषय भएको भन्दै निर्माणको लागत, प्राविधिक मापदण्ड, उपभोक्ता समिति तथा ठेकेदारको भूमिकाबारे छानबिन गर्न माग गरेका छन्।

यस विषयमा पर्यटन विकास कार्यालय, पर्साका इन्जिनियर दिपु यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेनन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content