पोखरिया, २१साउन /पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित बकुल पैनिमा एक वृद्ध पुरुषको शव फेला परेको छ। मृतक सखुवा प्रसौनी गाउँपालिका–४, कल्याणपुर टोल निवासी करिब ७० वर्षीय हिरा माझी मुसहर रहेको खुलेको छ।
स्थानीयवासीका अनुसार बिहीबार बिहान करिब ७ बजे बकुल पैनि क्षेत्रमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रंगपुरटाडी र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो।
घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले केही व्यक्तिलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा ल्याएको स्थानीयले बताएका छन्। यद्यपि प्रहरीले यस विषयमा आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

COMMENTS