बारा, ३०असार/ जनकपुरधामबाट काठमाडौंसम्म न्यायको माग गर्दै पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मंगलबार ब...
बारा, ३०असार/ जनकपुरधामबाट काठमाडौंसम्म न्यायको माग गर्दै पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूलाई भेट्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बाराको निजगढ पुगेका छन्।
उद्योग वाणिज्य संघ निजगढको सभाहलमा भएको छलफलमा पीडितहरूले आफ्ना समस्या, न्यायको माग, कानुनी प्रक्रिया तथा दीर्घकालीन समाधानका विषयमा सरकारसँग प्रत्यक्ष संवाद गरेका छन्।
मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भइरहेको छ। पीडितहरूले यस संवादबाट ठोस र व्यवहारिक समाधान निस्कने अपेक्षा गरेका छन्। छलफलको अन्तिम निष्कर्ष भने सार्वजनिक हुन बाँकी छ।

COMMENTS