$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

मिटर ब्याज पीडितको आन्दोलन अन्तिम चरणमा पुगेको दाबी, माग पूरा नभएसम्म संघर्ष जारी

  पोखरिया,९ साउन/ मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समिति पर्साको बैठक शनिबार पोखरियास्थित पोखरेश्वर महादेव मन्दिर परिसरमा सम्प...

 


पोखरिया,९ साउन/ मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समिति पर्साको बैठक शनिबार पोखरियास्थित पोखरेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न भएको छ। बैठकमा सहभागी वक्ताहरूले मिटर ब्याज पीडितहरूको आन्दोलन निर्णायक चरणमा पुगेको दाबी गर्दै सरकारले गरेका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

संघर्ष समितिका अध्यक्ष कृष्णराज ठाकुरको अध्यक्षतामा सम्पन्न बैठकमा वक्ताहरूले विगत पाँच वर्षदेखि निरन्तर आन्दोलन गर्दै आएको स्मरण गराउँदै सरकार आफ्नो माग सम्बोधन गर्ने अन्तिम चरणमा पुगेको बताए। उनीहरूले सरकारले मिटर ब्याजसम्बन्धी समस्याको समाधानका लागि गरेका सहमति र निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पीडित एकजुट हुनुपर्नेमा जोड दिए।


वक्ताहरूले आफूहरूलाई ऋण दिने साहु–महाजनहरूले आफूलाई कानुनी ऋणदाता भनेर चिनाए पनि व्यवहारमा उनीहरू आर्थिक शोषण गर्ने अपराधी रहेको आरोप लगाए। कतिपय पीडितहरूले ऋण तिर्न आफ्ना सम्पत्ति बिक्री गर्नुका साथै किड्नीसमेत बेच्ने अवस्थासम्म पुगे पनि ऋण चुक्ता भएको स्वीकार नगरेको गुनासो उनीहरूको थियो।

त्यस्तै, धेरै ऋणीहरूले सावाँ तथा ब्याजको सम्पूर्ण रकम बुझाइसक्दा पनि अझै ऋण बाँकी रहेको भन्दै साहु–महाजनहरूले दुःख दिने गरेको आरोप पनि बैठकमा लगाइएको थियो। मिटर ब्याजका कारण हजारौँ परिवार आर्थिक, सामाजिक तथा मानसिक रूपमा पीडित बनेको उल्लेख गर्दै उनीहरूले पीडितलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने माग गरे।

बैठकमा संघर्ष समितिका प्रवक्ता मुकेश कुर्मी, केन्द्रीय सदस्य गोवर्धन यादव, केन्द्रीय सल्लाहकार वीरेन्द्र गुप्ता, पूर्व संविधानसभा सदस्य फुलझरी देवी, सिकेन्द्र यादव, हिरा साहलगायतले मन्तव्य व्यक्त गर्दै सरकारले गरेका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले मिटर ब्याज पीडितहरूको अधिकार सुनिश्चित नभएसम्म र सरकारसँग भएका सम्झौताहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content