$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

नारायणी अस्पताल प्रकरण: चिकित्सकहरुको सामूहिक राजीनामा

  वीरगञ्ज,१२ साउन /वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूह...

 

वीरगञ्ज,१२ साउन /वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

गत शनिबार भएको घटनापछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) को राजीनामा माग गरेका थिए। आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्।

अस्पताल स्रोतका अनुसार नारायणी अस्पतालमा कार्यरत करिब ७० जना चिकित्सकमध्ये ३० जनाले सोमबार राति करिब १० बजे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका थिए। त्यसपछि सोमबार साँझसम्म ६० देखि ६५ जना चिकित्सकले राजीनामा दिइसकेको बताइएको छ।

चिकित्सकहरूले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा घटनाको नैतिक जिम्मेवारी लिँदै प्रमुख जिल्ला अधिकारी र एसपीले राजीनामा दिनुपर्ने माग गरेका छन्।

उनीहरूले आफ्ना माग पूरा नभए आन्दोलनलाई देशव्यापी बनाइने र आवश्यक परे देशभरका चिकित्सकले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

शनिबार नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको घटनापछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content