$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता, देशभर स्वास्थ्य सेवा पुनः सुचारु

  काठमाडौं,१३ साउन / सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि देशभर चिकित्सकहरूले गर्दै आएको आन्दोलन स्थगित भएको छ। सहमतिसँगै सं...

 

काठमाडौं,१३ साउन / सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि देशभर चिकित्सकहरूले गर्दै आएको आन्दोलन स्थगित भएको छ। सहमतिसँगै संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युको घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारको विरोधमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा सरकारी प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको वार्ताबाट पाँच बुँदे सहमति भएको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहारमा संलग्न व्यक्तिमाथि गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम थप कानुनी कारबाही अघि बढाउनेछ।

त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षा ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्न आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ। यस कार्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।

साथै, उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्यसँग सम्बन्धित विषयमा आवश्यक संशोधनका लागि चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गरिने भएको छ। विगतमा सरकार र नेपाल चिकित्सक संघबीच भएका सहमतिहरू कार्यान्वयन गर्न तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

सहमतिसँगै देशभर प्रभावित स्वास्थ्य सेवा पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content