Menu

आवश्यकता नभएको ठाउँमा जडान गरिएका डीप बोरिङ प्रयोगविहीन, चोरी हुन थाले

जनआवाज खबर |
July 14, 2026
Featured

 

धर्मेन्द्र चौरसिया,३० पोखरिया/पोखरिया नगरपालिका–१० शिवबर्वामा करिब १६ लाख रुपैयाँको लागतमा जडान गरिएका चारवटा डीप बोरिङ प्रयोगविहीन बन्दा चोरीको शिकार हुन थालेका छन्। स्थानीयका अनुसार आवश्यकता नै नभएको स्थानमा डीप बोरिङ जडान गरिएकाले पाइप र मोटरसम्म चोरी भएको छ।

शिवबर्वामा अधिकांश घरधुरीले करिब ९० फिट गहिराइको चापाकलबाट सहज रूपमा खानेपानी प्रयोग गर्दै आएका कारण डीप बोरिङ सञ्चालनमा आउन सकेन। स्थानीयले वास्तविक आवश्यकता र भूगोलको अध्ययन नगरी योजना कार्यान्वयन गर्दा सरकारी लगानी खेर गएको बताएका छन्।

स्थानीयवासीले डीप बोरिङलाई सिंचाइका लागि उपयोग गर्न आवश्यक संरचना निर्माण गरिए किसानलाई ठूलो राहत पुग्ने बताएका छन्। हाल पर्याप्त सिंचाइ सुविधा नहुँदा वर्षमा दुई बाली मात्र लगाउन सकिने अवस्था रहेको उनीहरूको भनाइ छ।

उनीहरूले प्रयोगविहीन डीप बोरिङको संरक्षण, चोरी नियन्त्रण तथा कृषिमा उपयोग हुने गरी तत्काल योजना ल्याउन पोखरिया नगरपालिकासँग माग गरेका छन्।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3