काठमाडौं,९ साउन /नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपालि कम्युनिष्ट पार्टी बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।
शनिबार सार्वजनिक गरिएको सहमति पत्रअनुसार दुवै दलले प्रदेश सभामा देखिएका बजेट निर्माणका असमझदारी, बजेट विहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र तीव्र विकासलाई प्राथमिकता दिने उद्देश्यसहित सहकार्य गर्ने निर्णय गरेका हुन्।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा ले गर्नेछ।
यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख गरिएको छ।उक्त सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

COMMENTS