$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भारततर्फ लैजाँदै गरेको २० किलोभन्दा बढी गाँजासहित भारतीय नागरिक पर्साबाट पक्राउ

  विरुवा गुठी,५ साउन/ पर्सा प्रहरीले करिब २० केजी ६७७ ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्...

 

विरुवा गुठी,५ साउन/ पर्सा प्रहरीले करिब २० केजी ६७७ ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान ११:३० बजे जगरनाथपुर गाउँपालिका–४ सुहपुर हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले भारत तर्फ जाँदै गरेको BR06BH 5496 नम्बरको भारतीय कारलाई शङ्काको आधारमा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको प्लास्टिकमा प्याक गरिएको २० केजी ६७७ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। उक्त गाँजासहित कार चालक भारत, बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत तालका डुम्रा वडा नं. ३३ बस्ने ३३ वर्षीय रहमत अन्सारीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले गाँजा, कार तथा पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। �

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content