काठमाडौं, १४साउन/कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा जारी तनावका बीच मधेसका अधिकांश संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। ठाउँ–ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सिराहामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। अन्य स्थानमा पनि झडपका क्रममा घाइते हुनेको संख्या बढिरहेको बताइएको छ।
स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
यसैबीच, विकसित घटनाक्रमबारे छलफल गर्न विभिन्न राजनीतिक दलले पनि बैठक तथा परामर्श तीव्र बनाएका छन्। सरकारले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ।

COMMENTS