$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सामा महिलाको शव गोठमा झुण्डिएको अवस्थामा फेला, हत्या भएको माइती पक्षको आरोप

धर्मेन्द्र चौरसिया,६ साउन/  पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा ३७ वर्षीया एक महिलाको शव आफ्नै घरको गोठमा झुण्डिएको अवस्थामा फेला...

धर्मेन्द्र चौरसिया,६ साउन/ पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा ३७ वर्षीया एक महिलाको शव आफ्नै घरको गोठमा झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले रहस्यमय रूप लिएको छ। मृतक स्थानीय सुधिर सिलवालकी पत्नी लक्ष्मी सिलवाल हुन्।

प्रहरीका अनुसार बुधबार बिहान गोठको माथिल्लो तलामा नाइलनको डोरीले झुण्डिएको अवस्थामा लक्ष्मीको शव फेला परेको हो। दुई सन्तानकी आमा रहेकी लक्ष्मीको मृत्यु आत्महत्या नभई हत्या भएको माइती पक्षले दाबी गरेको छ।

मृतकका बाबु तथा ठोरी गाउँपालिका–३ निवासी लक्ष्मी शिवाकोटीले घटनाको प्रकृति, घटनास्थलको अवस्था तथा परिवारका सदस्यहरूले दिएको फरक–फरक बयानका आधारमा यो आत्महत्या नभई हत्या भएको निष्कर्षमा आफूहरू पुगेको बताए। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

घटनाबारे परिवारका सदस्यहरूको भनाइ भने एक–आपसमा बाझिएको छ। मृतककी सासूले बिहान गोठको माथिल्लो तलामा बुहारी झुण्डिएको देखेपछि आफूहरूले डोरी काटेर तल झारेको बताएकी छन्। तर घटनास्थलमै रहेका मृतकका चार वर्षीय छोराले आफ्ना बाबुले आमालाई लछारपछार गर्दै कुटपिट गरेको देखेको दाबी गरेका छन्।

घटनास्थलको अवस्थाले पनि स्थानीयमा थप शंका उत्पन्न गरेको छ। मृतकले लगाएका चुरा तीन फरक–फरक स्थानमा फुटेर भुइँभरि छरिएको देखिएको स्थानीयले बताएका छन्। त्यसैगरी, झुण्डिएको भनिएको गोठको काठ निकै कमजोर रहेको र मृतकको तौल धान्न नसक्ने अवस्थाको रहेको उनीहरूको भनाइ छ। झुण्डिएको भनिएको स्थानमा खुट्टाले सजिलै भुइँ छोइने भएकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग स्थानीयले गरेका छन्।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले भने प्रारम्भिक अवलोकनका क्रममा मृतकको शरीरमा बाहिरी चोटपटक वा निलडाम नदेखिएको जानकारी दिए। उनले घटनाबारे सबै पक्षबाट अनुसन्धान भइरहेको र पोस्टमार्टम प्रतिवेदन तथा अन्य प्रमाणका आधारमा वास्तविकता खुल्ने बताए।

घटनापछि स्थानीयवासीको ठूलो भीड घटनास्थलमा जम्मा भएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाउने तयारी गरेको जनाएको छ।

यस घटनाले स्थानीय समुदायमा गम्भीर चासो र विभिन्न आशंका उत्पन्न गरेको छ। प्रहरीले भने कसैलाई दोषी वा निर्दोष भन्न हतार नगरी वैज्ञानिक प्रमाण, पोस्टमार्टम प्रतिवेदन र विस्तृत अनुसन्धानका आधारमा निष्कर्षमा पुगिने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content