$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

महानगरसहित थप तीन स्थानीय तह साक्षर घोषणा गर्ने तयारीमा

धर्मेन्द्र चौरसिया, पोखरिय,५ साउन /  पर्सा जिल्लाको एक महानगरसहित थप तीन स्थानीय तह साक्षर घोषणा गर्ने तयारीमा पुगेका छन् । जिल्लामा साक्षरत...

धर्मेन्द्र चौरसिया, पोखरिय,५ साउन / पर्सा जिल्लाको एक महानगरसहित थप तीन स्थानीय तह साक्षर घोषणा गर्ने तयारीमा पुगेका छन् । जिल्लामा साक्षरता अभियानलाई तीव्रता दिंदै सखुवाप्रसौनी र पकाहामैनपुर गाउँपालिका तथा बहुदरमाई नगरपालिकाले आवश्यक तथ्याङ्क सङ्कलन तथा मूल्याङ्कनको काम अन्तिम चरणमा पु¥याएका छन् ।

जिल्लाका १४ स्थानीय तहमध्ये सबैभन्दा पहिले ठोरी गाउँपालिका साक्षर घोषणा भएको थियो । त्यसपछि जीराभवानी गाउँपालिकाले पनि साक्षर पालिकाको मान्यता प्राप्त गरेको थियो । अब महानगरसहित थप तीन पालिकाले आवश्यक प्रक्रिया पूरा गर्दै साक्षर घोषणा गर्ने तयारी गरिरहेका छन् ।
पकाहामैनपुर गाउँपालिकाले आफ्ना पाँचवटै वडामा गणक परिचालन गरी साक्षरतासम्बन्धी तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको जनाएको छ । त्यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा छवटा वडामध्ये पाँचवटा वडाको गणना सम्पन्न भइसकेको छ भने एउटा वडाको तथ्याङ्क सङ्कलन कार्य बाँकी रहेको छ ।
यसैगरी, बहुदरमाई नगरपालिकाले १० वटा वडामध्ये पाँचवटा वडामा तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेको छ भने बाँकी पाँचवटा वडामा गणना कार्य जारी रहेको जनाएको छ । सम्बन्धित पालिकाहरूले सबै वडाको तथ्याङ्क सङ्कलन तथा प्रमाणीकरण सम्पन्न भएपछि औपचारिकरूपमा साक्षर घोषणा गर्ने तयारी गरेका छन् ।
साक्षर घोषणा गर्नका लागि स्थानीय नागरिकको साक्षरता १२ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ । ती सूचकमा १ देखि १०० सम्म गणना गर्न सक्ने, स्वर्ण र व्यञ्जन वर्ण चिन्न सक्ने, एकदेखि नौसम्म लेख्न सक्ने, सामान्य हिसाबकिताब गर्न सक्ने, बिल वा भौचर तयार गर्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, मोबाइल, ल्यापटप वा क्यालकुलेटर सञ्चालन गर्न सक्ने, चेकबूक भर्न सक्ने, ट्राफिक चिह्न चिन्न सक्ने, परिवारका सदस्यको नाम र उमेर लेख्न सक्ने, पोस्टर वा सूचनापाटी पढेर बुझ्न सक्ने तथा सामुदायिक कार्यक्रममा सहभागी भई आफ्ना विचार व्यक्त गर्न सक्ने क्षमता समावेश छन् । यी १२ सूचकमध्ये कम्तीमा छवटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मानिने व्यवस्था छ 
यसैबीच, पर्साको एकमात्र महानगरपालिका वीरगंज महानगरपालिकाका पाँचवटा वडा साक्षर घोषणा भइसकेका छन् भने बाँकी वडामा आवश्यक प्रक्रिया अघि बढिरहेको महानगरपालिकाले जनाएको छ ।
पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी कुल १४ स्थानीय तह रहेका छन् । जिल्लाभर साक्षरता अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएकाले आगामी दिनमा थप स्थानीय तह साक्षर घोषणा हुने अपेक्षा गरिएको छ । स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित निकायले तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र सूचकको मूल्याङ्कनलाई प्राथमिकताका साथ अघि बढाएका छन् । अभियान सफल भएपछि जिल्लामा शिक्षाको पहुँच विस्तार हुनुका साथै नागरिकको आधारभूत साक्षरता र सामाजिक सहभागिता अझ सुदृढ हुने विश्वास गरिएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content