![]() |
फाेटाे: AI काे सहयाेगबाट |
पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सिधौलिया भारत जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थय चाैकीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको अवस्था सामान्य रहेको छ। अन्य ६ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी ५ जनाको अवस्था मध्यम रहेको बताइएको छ।त्यसैगरी पर्सा राष्ट्रिय वन सङ्ग जोडिएको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित थरघटीमा बिहान करिब ७:१५ चट्याङ लाग्दा तीन जना घाइते भएकाे प्रहरी चौकी रंगपुरटाडीले जनाएकाे छ।
घाइते हुनेमा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव रहेका छन्। घाइतेहरुमध्ये सूर्य महतो उराँवको पेट छातीमा गभिर चोट रहेकोले अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छन ।निजहरूजंगलमा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेकाे थियाे ।


COMMENTS