$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सामा १०२ केजीभन्दा बढी गाँजासहित भारतीय नागरिक पक्राउ, थप अनुसन्धान जारी

  पोखरिया,२२ असार/  पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प...

 

पोखरिया,२२ असार/ पर्सा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार राति करिब ११:०० बजे पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 01 CU 3544 नम्बरको सेतो रङको स्पोर्ट्स कारलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारभित्र लुकाइछिपाइ राखिएको १०२ केजी ६३६ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बरामद गाँजा १० वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले कार चालक भारतको बिहार राज्य, बेतिया जिल्ला, नवलपुर निवासी ३२ वर्षीय गुडु वर्मालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका वर्मामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्की बताए ।

यद्यपि, प्रहरी स्रोतबाहेक प्राप्त जानकारीअनुसार उक्त गाडीबाट बरामद गाँजाको वास्तविक परिमाण १५० केजीभन्दा बढी हुन सक्ने तथा घटनाका बेला गाडीमा चालकसहित चार जना सवार रहेको दाबी गरिएको छ। तर यस विषयमा प्रहरीले आधिकारिक पुष्टि गरिसकेको छैन। घटनाका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content