$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

भारतीय सवारी आवागमनमा सहजता माग्दै भिस्वा नाकामा स्थानीयको धर्ना, आन्दोलन थप सशक्त बनाउने चेतावनी

  पोखरिया,२० असार/  पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सीमा नाकामा भारतीय सवारी साधनको आवागमन सहज बनाउन माग गर्दै स्थानीयवासीले शनिबार...

 


पोखरिया,२० असार/ पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सीमा नाकामा भारतीय सवारी साधनको आवागमन सहज बनाउन माग गर्दै स्थानीयवासीले शनिबार देखि आन्दोलन सुरु गरेका छन्।

स्थानीयहरूले बिहानैदेखि भिस्वा बोर्डरमा तिर्पाल टाँगेर धर्ना दिँदै नेपाल सरकारसँग भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनमा सहजीकरण गर्न तथा सानो भन्सार (छोटी भन्सार) सञ्चालन गर्न माग गरेका छन्।

आन्दोलनमा सहभागी स्थानीयका अनुसार भारतबाट मोटरसाइकल वा चारपांग्रे सवारी साधन लिएर आफ्ना आफन्त वा नातेदारको घरमा आउँदा नेपाली सशस्त्र प्रहरी र नेपाल प्रहरीले सवारी रोक्ने, सोधपुछ गर्ने तथा विभिन्न प्रशासनिक झन्झट सिर्जना गर्ने गरेको छ। यसले सीमावर्ती क्षेत्रका बासिन्दालाई दैनिक आवागमनमा कठिनाइ भएको उनीहरूको गुनासो छ।

स्थानीयहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकीलाई ध्यानमा राखी भारतीय सवारी साधनको आवागमनलाई व्यवहारिक र सहज बनाउनुपर्ने तथा तत्काल छोटी भन्सार सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्।

आन्दोलनको जानकारी पाएपछि नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेर स्थानीयसँग छलफल गरेको थियो। छलफलका क्रममा सुरक्षा निकायका अधिकारीहरूले नेपालको प्रचलित कानुनअनुसार मात्रै काम गर्न सकिने बताएका थिए।

तर, स्थानीयले आफ्नो मागबारे ठोस प्रतिबद्धता नआएको भन्दै छलफल निष्कर्षविहीन बनेको बताएका छन्। आन्दोलनरत स्थानीय अपमान मिया अनुसार समस्या समाधानका लागि कुनै सहमति हुन नसकेपछि आन्दोलनलाई निरन्तरता दिइने र आवश्यक परे अझ सशक्त बनाइनेछ।

स्थानीयहरूले सीमावर्ती क्षेत्रका नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content