$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

व्यावसायिक योजना कार्यान्वयन कार्यक्रम सम्पन्न, विद्यार्थीले सञ्चालन गरेका स्टलमा उत्साहजनक कारोबार

पोखरिया,१७ असार/  INSURE परियोजना अन्तर्गत हेल्भेटासको प्राविधिक सहयोग तथा श्री आदर्श नमुना माध्यमिक विद्यालय, सखुवा प्रसौनीको आयोजनामा कक्ष...



पोखरिया,१७ असार/ INSURE परियोजना अन्तर्गत हेल्भेटासको प्राविधिक सहयोग तथा श्री आदर्श नमुना माध्यमिक विद्यालय, सखुवा प्रसौनीको आयोजनामा कक्षा ९ का विद्यार्थीहरूका लागि उद्यमशीलता सीप विकास सम्बन्धी व्यावसायिक योजना कार्यान्वयन कार्यक्रम सम्पन्न भएको छ।


विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनसँगै सीप सिकेर आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए। उनले शिक्षा र सीपलाई सँगसँगै अघि बढाउन सके विद्यार्थीहरूले आयआर्जन गर्दै उच्च शिक्षा हासिल गर्न तथा परिवारलाई समेत आर्थिक रूपमा सहयोग गर्न सक्ने उल्लेख गरे।


आर्थिक अभावका कारण कतिपय विद्यार्थीले उच्च शिक्षा निरन्तरता दिन कठिनाइ भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले उद्यमशीलता सम्बन्धी सीपले त्यस्ता विद्यार्थीलाई व्यवसाय सञ्चालन गर्दै अध्ययनलाई पनि अघि बढाउन सहयोग पुग्ने बताए। साथै, व्यवसाय सञ्चालन गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।


कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख भरत गिरीले विद्यालयमा पाठ्यज्ञान मात्र नभई व्यवहारिक तथा व्यावसायिक सीप पनि उत्तिकै आवश्यक रहेको बताए। नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले समेत व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भविष्यमा कुनै पनि पेशा वा व्यवसायलाई सानो–ठूलो नभनी आत्मनिर्भर बन्ने सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे।

विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुले विद्यालयमा कक्षा ७ देखि ९ सम्मका विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी सीप प्रदान गर्दै आएको जानकारी दिए। कुनै कारणले विद्यार्थीले बीचमै पढाइ छोड्नुपरे पनि प्राप्त सीपका आधारमा स्वरोजगार बन्न सक्ने विश्वास व्यक्त गरे।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाया राउत थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष चिरञ्जीवी महतो थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राजकपुर चौधरीले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले चटपट, खाजा पसल, कस्मेटिक पसल, पुस्तक पसल, स्थानीय परिकार घोंगी, चाउमिन, मःमः, लस्सीलगायतका विभिन्न व्यवसायिक स्टल सञ्चालन गरेका थिए। पुस्तक पसलबाहेक अधिकांश स्टलका सामग्री पूर्ण रूपमा बिक्री भएको र अपेक्षाभन्दा बढी मुनाफा गर्न सफल भएको विद्यार्थीहरूले बताएका थिए।


विद्यालयले सञ्चालन गरेको यस्तो व्यवहारिक कार्यक्रमले विद्यार्थीमा उद्यमशील सोच, व्यवसाय सञ्चालनको प्रारम्भिक अनुभव तथा आत्मविश्वास विकास गर्न महत्त्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content