काठमाडौं,१७असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य असार १७ गतेदेखि लागू हुने भएको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल लगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १५५ रुपैयाँमा बिक्री हुनेछ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएर २,०६० रुपैयाँ कायम गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो। ढुवानी दूरीका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी फरक–फरक मूल्य निर्धारण गरिएको निगमले जनाएको छ।

COMMENTS