विरगंज १९ जेठ/ नागरिकता सम्बन्धी लिखत किर्ते मुद्दामा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्। पर्सा जिल...
विरगंज १९ जेठ/
नागरिकता सम्बन्धी लिखत किर्ते मुद्दामा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतले मंगलबार दिनभरको सुनुवाइपछि उनलाई ४ लाख १५ हजारको धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका मेयर सिंहलाई ७ दिन पछाडि प्रहरीले आज पक्राउ गरेको थियो । पक्राउ पछि आजै बिहान प्रहरी मार्फत अदालतमा उपस्थित भएका थिए। जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा भएको सुनुवाइमा सिंहको पक्षबाट अधिवक्ता प्रमोद यादव, कमलमोहन पोखरेल, अरुण ज्ञवाली र शिव कोइराला लगायतले बहस गरेका थिए ।
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सिंह विरुद्ध नागरिकता सम्बन्धी लिखत किर्ते मुद्दा दर्ता गरेको थियो। दुवै पक्षको बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

COMMENTS