पाेखरिया,९ असार / पर्सामा सरकारी अनुदानमा उपलब्ध गराइने रासायनिक मल सञ्चय गरी कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएक...
पाेखरिया,९ असार / पर्सामा सरकारी अनुदानमा उपलब्ध गराइने रासायनिक मल सञ्चय गरी कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको कालिकामाई गाउँपालिका–२ भेडियारी निवासी बिरेन्द्र प्रसाद चौरसियाले सरकारी अनुदानको युरिया मल सञ्चय गरी बिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र कालिकामाईबाट प्रहरी निरिक्षक प्रदीप पाैडेलकाे नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले चौरसियालाई नियन्त्रणमा लिई उनको घरबाट १७ बोरा युरिया मल बरामद गरेको जनाएको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय पर्साबाट कालोबजारी सम्बन्धी कसुर अन्तर्गत १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सरकारी अनुदानमा उपलब्ध गराइने कृषि सामग्रीको दुरुपयोग तथा कालोबजारी गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने भन्दै यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

COMMENTS