विद्यालयमा आयोजित अभिभावक भेलाले चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरेको हो।
नवगठित समितिको सदस्यमा पन्नालाल पटेल,पर्मासाह कानु, अन्तिमकुमारी गुप्ता र निर्मला देवी पासवान चयन भएका छन्। विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिंह सदस्य सचिव रहने व्यवस्था गरिएको छ। समितिमा वडा प्रतिनिधि छनौट भए पछि अध्यक्ष मनोनयन गर्ने सहमति भएको जनाइएको छ।
अभिभावक भेलामा वडा अध्यक्ष प्रमोद गिरी, शिक्षा शाखाका सहायक ललान पटेल, शिक्षक पारस ठाकुर, रामबाबु चौहान, पूर्व शिक्षक परशुराम पासवान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा अभिभावकको सक्रिय सहभागितामार्फत विद्यालयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
भेलाले विद्यालयको समग्र विकास र शैक्षिक वातावरण सुदृढ बनाउन नवगठित व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।


COMMENTS