Menu

गर्मीजन्य रोग नियन्त्रणका लागि रेडक्रसद्वारा ७,५०० जीवनजल हस्तान्तरण

जनआवाज खबर |
June 08, 2026
Featured

 

पोखरिया, २५ जेठ / गर्मीयाममा झाडापखाला लगायत पानीजन्य रोगहरूको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाले प्रादेशिक अस्पताल पोखरिया तथा पोखरिया नगरपालिकाको स्वास्थ्य शाखालाई ७ हजार ५ सय जीवनजल हस्तान्तरण गरेको छ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मीले अस्पतालमा जीवनजलको अभाव रहेको र गर्मीको समयमा झाडापखाला जस्ता रोगका बिरामी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त सहयोग प्रदान गरिएको जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा प्रादेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर आनन्द रौनियार तथा पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेन्द्र मिश्रालाई जीवनजल सामग्री हस्तान्तरण गरिएको थियो।

रेडक्रसले समयमै उपलब्ध गराएको जीवनजलले स्वास्थ्य संस्थामा आउने बिरामीको उपचार तथा आपत्कालीन अवस्थामा आवश्यक स्वास्थ्य सेवामा सहयोग पुग्ने डा.रौनियारले बताए ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3