$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढिका युवा नेता बिकेश राय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीमा फर्किए

  बलिराम शुक्ला, बिरुवा गुठी ३० जेठ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय पुनः पार्टीमा फर्किएका छन्। केही सम...

 


बलिराम शुक्ला, बिरुवा गुठी ३० जेठ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय पुनः पार्टीमा फर्किएका छन्। केही समयअघि आन्तरिक तथा सांगठनिक असमझदारीका कारण काङ्ग्रेस पार्टीमा आबद्ध भएका राय रास्वपाको विचार, सिद्धान्त तथा जनमुखी कार्यशैलीबाट प्रभावित हुँदै दर्जनौं समर्थकसहित पुनः पार्टीमा फर्किएका हुन्।

गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका–१ बाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका राय झिनो मतान्तरले दोस्रो स्थानमा रहेका थिए। उनी रास्वपाको प्रथम अधिवेशनदेखि नै पार्टीमा सक्रिय रहँदै आएका थिए।

पर्सागढीमा आयोजित विशेष कार्यक्रममा पर्सा क्षेत्र नं. २ का संघीय सांसद सुशील कुमार कानु ले खादा तथा अबिर लगाई रायलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। कार्यक्रममा सांसद कानुले सक्षम र जनतामाझ लोकप्रिय युवाहरूको पुनः आगमनले रास्वपाको संगठन थप बलियो बन्ने तथा आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरफिर्ती कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा युवा नेता सुधिर पटेल, बुद्धिराज पौडेल, जोखु मियाँ लगायत स्थानीय नेताहरूको सहभागिता रहेको जनाइएको छ।

त्यसैगरी नगर उपसभापति सुनिल रायभर, नगर सचिव सर्फु आलम अन्सारी, वडा सभापतिहरू मीन बहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।रास्वपाले युवा नेता रायको पुनरागमनले पर्सागढी क्षेत्रमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content