वीरगञ्ज,१३ असार /थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनम चौधरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको सचिवमा अर्जुन चौधरी चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न अधिवेशनमा शान्तकुमार चौधरी प्रमुख अतिथि, सन्तोष दहित विशिष्ट अतिथि तथा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी र ओमप्रकाश चौधरीलगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनपछि नवनिर्वाचित पदाधिकारीहरूले थारु पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा संगठनलाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले पत्रकारहरूको पेशागत विकास, आपसी एकता र संस्थागत सुदृढीकरणका लागि सामूहिक रूपमा कार्य गर्ने बताएका छन्।
अधिवेशनमा सहभागीहरूले नयाँ नेतृत्वले संगठनलाई अझ एकताबद्ध, गतिशील र प्रभावकारी बनाउँदै थारु समुदायका पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

COMMENTS