Menu

खेत जोतेर फर्किने क्रममा ट्र्याक्टर पल्टिँदा चालक घाइते

जनआवाज खबर |
June 24, 2026
Featured

बलिराम शुक्ला ,१०विरूवागुठी/ पर्साको पर्सागढी नगरपालिका–३ औरैया गाउँबाट खेत जोतेर घर तर्फ  फर्किरहेको लु ४ त ८५१४ नम्बरको ट्र्याक्टर कटहरिया गाउँ नजिक रहेको  भडौरा बाँध क्षेत्रमा अनियन्त्रित भई पल्टिएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक पर्सागढी नगरपालिका–३ निवासी राजिन्द्र माझी सामान्य घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गरिएको हो ।


उक्त ट्र्याक्टर पर्सागढी नगरपालिका–३ निवासी श्रवण प्रसाद चौधरीको रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बाँधको ढाेका खाेलि पानी कम गराई बाधमा खसेको ट्र्याक्टरलाई स्थानीयवासी तथा पर्सागढी नगरपालिकाको जेसीभीको सहयोगमा मध्य रातिमा निकालिएको थियो।

प्रहरी चौकी बडनिहारका प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेतीका अनुसार दुर्घटनाबाट मानवीय क्षति नभएको र थप अनुसन्धान भइरहेको बताएका छन ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3