बलिराम शुक्ला ,१०विरूवागुठी/ पर्साको पर्सागढी नगरपालिका–३ औरैया गाउँबाट खेत जोतेर घर तर्फ फर्किरहेको लु ४ त ८५१४ नम्बरको ट्र्याक्टर कटहरिया गाउँ नजिक रहेको भडौरा बाँध क्षेत्रमा अनियन्त्रित भई पल्टिएको छ।
दुर्घटनामा ट्र्याक्टर चालक पर्सागढी नगरपालिका–३ निवासी राजिन्द्र माझी सामान्य घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गरिएको हो ।
उक्त ट्र्याक्टर पर्सागढी नगरपालिका–३ निवासी श्रवण प्रसाद चौधरीको रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बाँधको ढाेका खाेलि पानी कम गराई बाधमा खसेको ट्र्याक्टरलाई स्थानीयवासी तथा पर्सागढी नगरपालिकाको जेसीभीको सहयोगमा मध्य रातिमा निकालिएको थियो।
प्रहरी चौकी बडनिहारका प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेतीका अनुसार दुर्घटनाबाट मानवीय क्षति नभएको र थप अनुसन्धान भइरहेको बताएका छन ।


COMMENTS