काठमाडौं,९ असार। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल लाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतबाट पक्रा...
काठमाडौं,९ असार। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल लाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतबाट पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई सोमबार साँझ कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको हो। उनीमाथि सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान भइरहेको बताइएको छ।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ। थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।
एमालेले देशव्यापी रूपमा पार्टी पुनर्गठन तथा सुझाव संकलन अभियान सञ्चालन गरिरहेका बेला पौडेल सोही कार्यक्रमका लागि सुर्खेत पुगेका थिए।

COMMENTS