Menu

पर्सागढी नगरपालिकाद्वारा प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेती सम्मानित

जनआवाज खबर |
June 20, 2026
Featured

 


बलिराम शुक्ला,पर्सागढी,६ असार /

पर्सागढी नगरपालिकाको १५औँ नगर अधिवेशनको अवसरमा बडनिहार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेती सम्मानित भएका छन्।

आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक सचेतना अभिवृद्धि गर्न, वन संरक्षण तथा गिट्टी–बालुवाको अवैध उत्खनन एवं तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले उनलाई सम्मान गरेको हो।

उप्रेतीले अवैध रूपमा गिटी बालुवा ढुङ्गा ढुवानी भइरहेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएर नगरपालिकाको राजस्व संकलनमा ठूलो योगदान पुर्याएका थिए। बडनिहार प्रहरी चौकी स्थापना भएको करिब दुई दशकको अवधिमा नगरपालिकाबाट सम्मानित हुने उप्रेती पहिलो प्रहरी सहायक निरीक्षक बनेका छन्।

स्थानीयवासीका अनुसार उप्रेती बडनिहार प्रहरी चौकीमा आएयता क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउन, चोरी तथा तस्करी नियन्त्रण गर्न र कानुनको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। उनको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप नगरपालिकाले १५औँ नगर अधिवेशनको अवसरमा सम्मान गरेको जनाएको छ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3