$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

पर्सागढी नगरपालिकाद्वारा प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेती सम्मानित

  बलिराम शुक्ला, पर्सागढी,६ असार / पर्सागढी नगरपालिकाको १५औँ नगर अधिवेशनको अवसरमा बडनिहार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धर्मर...

 


बलिराम शुक्ला,पर्सागढी,६ असार /

पर्सागढी नगरपालिकाको १५औँ नगर अधिवेशनको अवसरमा बडनिहार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेती सम्मानित भएका छन्।

आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक सचेतना अभिवृद्धि गर्न, वन संरक्षण तथा गिट्टी–बालुवाको अवैध उत्खनन एवं तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले उनलाई सम्मान गरेको हो।

उप्रेतीले अवैध रूपमा गिटी बालुवा ढुङ्गा ढुवानी भइरहेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएर नगरपालिकाको राजस्व संकलनमा ठूलो योगदान पुर्याएका थिए। बडनिहार प्रहरी चौकी स्थापना भएको करिब दुई दशकको अवधिमा नगरपालिकाबाट सम्मानित हुने उप्रेती पहिलो प्रहरी सहायक निरीक्षक बनेका छन्।

स्थानीयवासीका अनुसार उप्रेती बडनिहार प्रहरी चौकीमा आएयता क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउन, चोरी तथा तस्करी नियन्त्रण गर्न र कानुनको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्दै आएका छन्। उनको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप नगरपालिकाले १५औँ नगर अधिवेशनको अवसरमा सम्मान गरेको जनाएको छ ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content