विरगंज,२५ जेठ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता प्रकरणमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।
आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार मेयर सिंहले गलत विवरण पेश गरी भट्टराई थर भएकी एक महिलाकी छोरीलाई आफ्नै छोरी ‘रुबीना श्रेष्ठ’का रूपमा देखाई नागरिकताको प्रमाणपत्र दिलाउन भूमिका खेलेको आरोप लगाइएको छ।
अनुसन्धानका क्रममा नागरिकता प्राप्तिका लागि आवश्यक कागजात तथा विवरणमा हेरफेर गरिएको, सरकारी अभिलेख सच्याइएको, गलत प्रतिवेदन तयार गरिएको तथा सरकारी कागजात नोक्सान पुर्याइएको खुलेको आयोगले जनाएको छ।
उक्त प्रकरणमा मेयर सिंहसहित सात जनाविरुद्ध गलत लिखत तयार गर्ने, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।


COMMENTS