Menu

वीरगञ्जका मेयर राजेशमान सिंह सहित ७ जनाविरुद्ध भ्रष्टाचार समबन्धि मुद्दा दायर

जनआवाज खबर |
June 08, 2026
Featured

 


विरगंज,२५ जेठ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता प्रकरणमा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार मेयर सिंहले गलत विवरण पेश गरी भट्टराई थर भएकी एक महिलाकी छोरीलाई आफ्नै छोरी ‘रुबीना श्रेष्ठ’का रूपमा देखाई नागरिकताको प्रमाणपत्र दिलाउन भूमिका खेलेको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा नागरिकता प्राप्तिका लागि आवश्यक कागजात तथा विवरणमा हेरफेर गरिएको, सरकारी अभिलेख सच्याइएको, गलत प्रतिवेदन तयार गरिएको तथा सरकारी कागजात नोक्सान पुर्‍याइएको खुलेको आयोगले जनाएको छ।

उक्त प्रकरणमा मेयर सिंहसहित सात जनाविरुद्ध गलत लिखत तयार गर्ने, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा भ्रष्टाचार निवारण ऐन तथा प्रचलित कानुनबमोजिम कारबाहीको माग गरिएको उल्लेख गरिएको छ। यस प्रकरणको थप सुनुवाइ अब विशेष अदालतबाट हुने जनाइएको छ

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3