पोखरिया,४ असार / पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा गा...
पोखरिया,४ असार / पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
बुधबार राति करिब ९:१० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सीमावर्ती क्षेत्रमा पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट बेवारिसे अवस्थामा प्लास्टिकमा प्याक गरिएको लागुऔषध गाँजाजस्तो देखिने पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार २५ वटा पोकामा प्याक गरिएको उक्त पदार्थको कुल तौल करिब ३७० किलोग्राम रहेको छ।
बरामद गरिएको पदार्थलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। उक्त गाँजा कसले ल्याएर लुकाएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


COMMENTS