बलिराम शुक्ला, बिरुवागुठि,३०जेठ/ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा तथा भारतको महावाणिज्य दूतावास...
बलिराम शुक्ला, बिरुवागुठि,३०जेठ/
अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा सखुवा प्रसौनी गाउँपालिकाको आयोजनामा तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा शनिबार सखुवा प्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजार (पञ्चगावाँ) खेल मैदानमा योग शिविर सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, विशिष्ट अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीणा रहेका थिए।भने कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा अध्यक्षहरु बासुदेव महतो, चिरञ्जीवी महतो, मोजामिल अन्सारी, आरिफ अन्सारी, अशेश्वर यादव लगायत जन प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सर्व साधारण को उल्लेखनीय सहभागिता रहेको थियो।
योग शिविरमा सहभागीहरूले सामूहिक योग अभ्यास गर्दै योगको महत्व, स्वस्थ जीवनशैली तथा मानसिक एवं शारीरिक स्वास्थ्य प्रवर्द्धनका विषयमा जानकारी गराइएको थियो।




COMMENTS