पोखरिया २५ जेठ/ पोखरिया बजरंग युवा समाजको आयोजनामा पोखरिया नगरपालिका–४ स्थित रहेको श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा अध्ययनरत ...
पोखरिया २५ जेठ/ पोखरिया बजरंग युवा समाजको आयोजनामा पोखरिया नगरपालिका–४ स्थित रहेको श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका २१० जना छात्र–छात्रालाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ।
युवा नेता तथा समाजसेवी पवन गुप्ताको सहयोगमा विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, कटर तथा इरेजर वितरण गरिएको थियो। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण साह कनु, बजरंग युवा समाजका कोषाध्यक्ष रमेश महतो, सदस्यहरू मनिष रौनियार, सुजन सहनी तथा विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियार, अभिभावकहरु लगायत उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता सामाजिक अभियानले सकारात्मक प्रभाव पार्ने बताएका थिए। कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले पनि यस्ता सहयोगी कार्यक्रमले शिक्षा क्षेत्रमा उत्साह थप्ने विश्वास व्यक्त गरेका थिए।
पोखरिया बजरंग युवा समाजले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




COMMENTS