$show=home

लोड हुँदैछ...

$show=home

प्रमुख समाचार

आसमान नेपालको २७औँ वार्षिकोत्सवमा सामाजिक परीक्षण : पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ गर्ने प्रतिबद्धता

  जनकपुरधाम, २४ जेठ ।  आसमान नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा शनिबार जनकपुरधाम स्थित मैथिली विकास कोषको सभा हलमा सामाजिक परीक्षण कार्यक्रम...

 

जनकपुरधाम, २४ जेठ । 

आसमान नेपालको २७औँ वार्षिकोत्सवको अवसरमा शनिबार जनकपुरधाम स्थित मैथिली विकास कोषको सभा हलमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

२७ वर्षको कडा परिश्रम, उद्देश्य र उपलब्धि’ लाई स्मरण गर्दै आयोजित कार्यक्रममा संस्थाले विगतदेखि नै स्थापना दिवसको अवसरमा सामाजिक लेखा परीक्षण गर्दै आएको जानकारी दिएको थियाे। संस्थाले पारदर्शिता, जवाफदेहिता र सरोकारवालाको सहभागितालाई थप सुदृढ बनाउँदै आगामी कार्यदिशा तय गर्ने अभ्यासलाई निरन्तरता दिएको जनाएको छ।

कार्यक्रममा आसमान नेपालका निर्देशक दिनेश्वर प्रसाद साहले सामाजिक परीक्षण कार्यक्रमको उद्देश्य, आवश्यकता तथा संस्थाले अवलम्बन गर्दै आएको पारदर्शी कार्यप्रणालीबारे प्रकाश पारेका थिए। उनले सामाजिक परीक्षणले संस्थागत सुधार, जवाफदेहिता र समुदायसँगको विश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रवेश यादवले संस्थाले विगत २७ वर्षदेखि शिक्षा, सामाजिक न्याय, बालअधिकार, किशोरी सशक्तीकरण तथा समुदाय विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गरे। उनले सामाजिक उत्तरदायित्व र पारदर्शितालाई संस्थाको मुख्य आधारका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथिका जिल्ला समन्वय समिति धनुषाका प्रमुख राज मण्डलले  सामाजिक परीक्षणले संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए।उनले यस्ता कार्यक्रमले संस्था, सरोकारवाला तथा समुदायबीच विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।  कार्यक्रमको अध्यक्षता आसमान नेपालका अध्यक्ष रामप्रवेश यादवले गरेका थिए भने कोषाध्यक्ष रेखा यादवले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रममा संस्थाको सामाजिक उत्तरदायित्व, जवाफदेहिता, संस्थागत पारदर्शिता तथा सामाजिक परीक्षणसम्बन्धी विभिन्न विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, संस्थाले हालसम्म सञ्चालन गरेका कार्यक्रम, प्राप्त उपलब्धि तथा भावी योजनाबारे सहभागीहरूलाई जानकारी गराउँदै सार्वजनिक समीक्षा समेत प्रस्तुत गरिएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content