वीरगन्ज,१८ जेठ/
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले सोमबार बिहान अदालत पुगेका घिमिरेलाई जिल्ला प्रहरी कार्यालय लगेको हो। मेयरका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार मेयर सिंहविरुद्ध जारी पक्राउ पुर्जी सम्बन्धी कानुनी प्रक्रिया बुझ्न घिमिरे अदालत पुगेका थिए। त्यही क्रममा प्रहरीले सोधपुछका लागि लगेको उनले बताउनु भयाे ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले मेयर सिंह सम्बन्धी विषयमा बुझ्नका लागि घिमिरेलाई ल्याइएको स्पष्ट पार्दै पक्राउ नभई सोधपुछका लागि बोलाइएको बताउनु भयाे ।
नागरिकता लिखत सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतले गत जेठ १२ गते मेयर राजेशमान सिंह सहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। मेयर सिंह माथि फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाएको आरोप लागेको छ भने उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।


COMMENTS