Menu

बिना बिल बिजकका १० भैँसीका पाडासहित तीन जना पक्राउ

जनआवाज खबर |
June 01, 2026
Featured

 

पाेखरिया, १८ जेठ /

पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर चोकबाट प्रहरीले बिना बिल बिजक लादै गरेका १० वटा भैँसीका पाडासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार साेमबार बिहान करिब १:४५ बजे प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरीकाे टोलीले विरगंज जादै गरेको प्रदेश ०२–०३–००१ च ४००३ नम्बरको बोलेरो गाडी चेक जाँच गर्ने क्रममा पाडा बरामद गरेको हो।

प्रहरीले बोलेरो चालक कालिकामाई गाउँपालिका–५ निवासी ३५ वर्षीय विजय शर्मा, धोबिनी गाउँपालिका–३ निवासी ६१ वर्षीय बिकरमा राउत कुर्मी र धोबिनी गाउँपालिका–५ निवासी ५५ वर्षीय होडा देवानलाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका पाडा, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी निरिक्षक पाैडेलले बताउनु भयाे ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3