विरगंज/
UNFPA तथा आसमान नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं स्वास्थ्य कार्यालय बाराको समन्वयमा PAMS-V2 सम्बन्धी दुई दिने तालिम वीरगञ्जस्थित होटल कैलासमा सम्पन्न भएको छ।
स्वास्थ्य क्षेत्रमा प्रयोग हुने डाटा व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित तथा डिजिटल प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा स्वास्थ्य संस्थाहरूमा प्रयोग गरिने डाटा स्टोर इन्ट्री, माग फाराम तथा सम्बन्धित सम्पूर्ण कार्यलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। चेतराज पण्डितको अध्यक्षतामा सम्पन्न भएको तालिममा सरोज कुमार यादव र असोक कुमार यादवले सहजीकरण गर्दै सहभागीहरूलाई PAMS-V2 प्रणालीको प्रयोग, डाटा व्यवस्थापन तथा डिजिटल रिपोर्टिङ प्रक्रियाबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको सहजीकरण अमित कुमार सिंह ले गर्नुभएको थियो। तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले डिजिटल प्रणालीमार्फत स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउन तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए।
यस प्रकारका तालिमले स्वास्थ्य क्षेत्रको सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहले बताउनु भयो।


COMMENTS