पोखरिया । ३० बैशाख
पर्साको धोबिनी गाउँपालिका वडा नं. ५ स्थित श्री अजिज मिया माध्यमिक विद्यालयमा नयाँ चारकोठे विद्यालय भवनको शिलान्यास गरिएको छ।
छाया नेपाल र धोबिनी गाउँपालिकाको सहकार्यमा करिब ८९ लाख रुपैयाँको लगानीमा निर्माण हुन लागेको उक्त भवनको विशेष कार्यक्रमका बीच शिलान्यास गरिएको हो। विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्दै विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले भवन निर्माण कार्य अघि बढाइएको बताइएको छ।
शिलान्यास कार्यक्रममा कमल थापा, प्रियका ठाकुर, करीन गोसर, आशिस राय, मदन प्रसाद चौहान, वडा अध्यक्ष मनौर अहमद, विद्यालय व्यवस्थापन समिति सदस्य नरेश पटेल, समाजसेवी सलाउदिन अहमद लगायत शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो। सहभागीहरूले विद्यालय भवन निर्माणले स्थानीय विद्यार्थीहरूको अध्ययन–अध्यापनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।




COMMENTS