पोखरिया।३० बैशाख।
पर्साको पोखरिया नगरपालिका वडा नं–९ शिवबर्वास्थित हनुमान मन्दिर नजिक निर्माण हुन लागेको व्यायामशालाको शिलान्यास गरिएको छ। मधेस प्रदेशका प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री ले व्यायामशालाको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारको ३० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त व्यायामशालाले स्थानीय युवाहरूलाई खेलकुद तथा स्वास्थ्यप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। व्यायामशाला निर्माणपछि युवाहरूलाई नियमित शारीरिक अभ्यास तथा सकारात्मक गतिविधिमा सहभागी हुन सहज हुने विश्वास व्यक्त गरिएको छ।
शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, पूर्व मेयर मन्टु रौनियार, महाधिवेशन प्रतिनिधि शकिम मियाँ, नगर सभापति रामबाबु चौहान, कांग्रेस प्रदेश सभा क्षेत्र नं–३ (ख) का सचिव राकेश कुशवाहा, नेविसंघका नेपाल विद्यार्थी संघ सम्बद्ध विकास मण्डल तथा क्षेत्रीय सचिव सुरेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले युवालाई सकारात्मक तथा सिर्जनात्मक गतिविधितर्फ प्रेरित गर्न यस्ता पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारको लगानीले स्थानीय विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।




COMMENTS