पोखरिया २३ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनअनुसार मानव बेचबिखन तथा बाल सुरक्षा नियन्त्रणलाई मध्यनजर गर्दै सीमाक्षेत्रमा निग...
पोखरिया २३ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनअनुसार मानव बेचबिखन तथा बाल सुरक्षा नियन्त्रणलाई मध्यनजर गर्दै सीमाक्षेत्रमा निगरानी कडा बनाइएको छ। सोही क्रममा प्रहरी चौकी इनर्वाबाट सञ्चालन गरिएको हेल्प डेस्कले बुधवार नेपालबाट भारतको रक्सौलतर्पm जाँदै गरेका १८ वर्षभन्दा कम उमेरका ८ जना नाबालिकालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ती नाबालिकाहरू अभिभावकको साथ बिना तथा अनुमति नलिई यात्रा गरिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूलाई तत्काल प्रहरी चौकी इनर्वामा स्थापना गरिएको होल्डिङ जोनमा राखी आवश्यक सोधपुछ तथा पहिचान प्रक्रिया पूरा गरिएको थियो।
पछि सम्बन्धीत अभिभावकलाई बोलाई आवश्यक कागजी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले २२ गतेदेखि लागू हुने गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ। उक्त व्यवस्था अनुसार नेपालबाट भारततर्पm जाने नाबालक तथा नाबालिकाहरू अभिभावक वा संरक्षकको साथबिना वा अनुमति बिना यात्रा गरेको पाइएमा उनीहरूलाई अनिवार्य रूपमा प्रहरी चौकी इनर्वामा रहेको होल्डिङ जोनमा राखी परिवारको जिम्मा लगाएर मात्र छाड्ने व्यवस्था गरिएको छ।
प्रहरीले यस कदमले बालबालिकाको सुरक्षा सुदृढ हुनुका साथै मानव बेचबिखन जस्ता अपराध नियन्त्रणमा महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै अभिभावक तथा सर्वसाधारणलाई आफ्ना बालबालिकाको सुरक्षा प्रति सचेत रहन आग्रह गरिएको छ।

COMMENTS