
बिरुवागुठि / २६ बैशाख
पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहार बजारमा शनिबार “जनताकाे घरदैलोमा डाक्टर” नारासहित निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रभु हस्पिटल को सहकार्य तथा जुनतारा महिला बचत तथा ऋण सहकारी संस्था को आयोजनामा सम्पन्न शिविरमा १९० जना महिला र ६० जना पुरुष गरी कुल २५० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा डा. लक्ष्मी थापा र डा. रवि रञ्जन साह ले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
डा. रवि रञ्जन साहका अनुसार प्रभु हस्पिटल ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका असहाय, विपन्न, गरिब तथा ज्येष्ठ नागरिकहरूलाई गाउँमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको हो।
त्यस्तै, मञ्जु क्षेत्री ले ठूला अस्पतालका विशेषज्ञ डाक्टरहरूको पहुँचबाट टाढा रहेका अति विपन्न नागरिकलाई गाउँमै सेवा प्रदान गरिएकामा सेवाग्राहीहरू अत्यन्त खुसी भएको बताउनुभयो।


COMMENTS