पोखरिया /४ जेष्ठ पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट प्रहरीले ८७ किलो गाँजा ब...
पोखरिया /४ जेष्ठ
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट प्रहरीले ८७ किलो गाँजा बरामद गरेको छ।
प्राप्त जानकारीअनुसार खेतमा गहुँको भुसाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बन्जारी भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो।
सोही क्रममा खेतभित्र शंकास्पद रूपमा लुकाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको छ।


COMMENTS