Menu

विभिन्न मुद्दाका चार जना फरार प्रतिवादी बारामा पक्राउ

जनआवाज खबर |
May 05, 2026
Featured
बारा, २२ वैशाख । बारा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको टोलीले उनीहरूलाई जिल्लाका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चेक अनादर मुद्दामा पाँच सय रुपियाँँ जरिवाना तोकिएका बारागढी गाउँँपालिका ४ का ४० वर्षीय लक्ष्मण साह कानु र सोही मुद्दामा एक हजार रुपियाँँ जरिवाना भएका महागढीमाई नगरपालिका ८ का ३५ वर्षीय रामकिशोर प्रसाद यादव रहेका छन् । कानुलाई अस्थायी प्रहरी पोस्ट लङगडाचौकी र यादवलाई प्रहरी चौकी बरियारपुरको टोलीले पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध मुद्दामा १५ दिन कैद र २५ हजार रुपियाँँ जरिवानाको फैसला सुनाइएका जितपुरसिमरा उपमहानगरपालिका २२ का सुरेश घलानलाई इलाका प्रहरी कार्यालय अमलेखगन्जले नियन्त्रणमा लिएको छ।
यसैगरी वनसम्बन्धी मुद्दामा १० दिनको कैद सजाय पाएका जितपुरसिमरा १ का ६० वर्षीय गंगा बहादुर मोक्तानलाई प्रहरी चौकी पथलैयाले पक्राउ गरेको छ ।

बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा दाखिला गरिएको छ ।
Uploaded Image

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3